अध्यक्ष ओलीको शल्यक्रियाबारे भोलि निर्णय लिइने

१८ चैत- काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरीको शल्यक्रिया गर्ने कि नगर्ने भन्नेबारे भोलि मात्रै निर्णय लिइने भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ओलीले पत्थरीको शल्यक्रिया गर्ने इच्छा राखेपछि भोलि निर्णय लिइने भएको हो ।

उनको पिसाबमा संक्रमण देखिएको आशंकामा कल्चर रिपोर्टका लागि नमूना लिइएको छ। त्यसको रिपोर्ट बिहीबार मात्रै आउनेछ। रिपोर्ट आएपछि शल्यक्रिया गर्ने कि नगर्ने यकिन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्