भारतले तयार पार्‍यो रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर

११ चैत -काठमाडौं, भारत सरकारले रक्सौलदेखि काठमाडौंसम्म जोड्ने प्रस्तावित रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको जनाएको छ।

करिब १३६ किलोमिटर लामो यो परियोजनाले नेपाल–भारतबीच यातायात र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

भारतीय पक्षका अनुसार आवश्यक सर्वेक्षण सम्पन्न भइसकेको छ र अब परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने तयारी भइरहेको हो। दुई देशबीच २०१८ मा भएको सहमतिअनुसार निर्माण हुने यो विद्युतीय रेलमार्गको खर्च भारतले नै व्यहोर्ने बताइएको छ।

सन् २०१८ अप्रिल ७ मा एउटा संयुक्त विज्ञप्ति जारी गर्दै भारत र नेपाल सरकारले रेल सम्पर्क विस्तार गर्ने बताएका थिए । यस अन्तर्गत भारतको सीमावर्ती सहर रक्सौललाई नेपालको राजधानी काठमाडौंसँग जोड्ने नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्