जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

३ चैत -काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ स्थित लेमन ट्री होटल भित्र संचालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४८ वर्षीय दिलिप लामा समेत १३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्