अटो र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु , ३ जना घाइते

दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षिय किरण रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षिय दोर्णबहादुर चौधरी, र मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षिय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्