३ चैत -मोरङस्थित एक शैक्षिक संस्थामा चीनका राष्ट्रपति सी
जिनपिङको पुस्तक जलाइएको घटनामा चीनले चासो व्यक्त गरेको छ ।
घटनाले कूटनीतिक तहमा ध्यानाकर्षण भएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

गृहमन्त्रालयले उक्त घटनाले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।
यसअघि चीनको दूतावास मार्फत विषय उठाइएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्