कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी)को मृत्यु भएको हो। आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्