२७ वर्षीय युवाको डुबेर मृत्यु

२६ फागुन -काठमाडौं, सप्तरीको राजबिराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान पोखरीमा डुबेर मृत्यु भएको हो ।

डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरी, वडा प्रहरी कार्यालय राजबिराजसमेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्