टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

१९ फागुन-काठमाडौं,  काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालअगाडि बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, सुनसरीको इनरुवा नगरपालिका–५ का कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।

४८ वर्षीय कोइराला नायब सुब्बा पदका कर्मचारी रहेको खुलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्