१० फागुन-पाल्पा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्