चितुवा घरभित्र पसेपछि दुई जना घाइते

१० फागुन-काठमाडौँ, आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्। घटना काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा भएको हो


स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनापछि चितुवालाई घरभित्रै थुनेर राखिएको र नियन्त्रणका लागि वन कार्यालयको टोली बोलाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्