महाकालीमा हाम फालेका युवा बेपत्ता

श्रावण ०७- महाकालीमा हाम फालेका युवा बेपत्ता भएका छन्। कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हाम फालेका जनक भट्ट बेपत्ता भएका हुन्।

 

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का २८ वर्षिय भट्टले शनिवार राति झोलुङ्गे पुलबाट नदिमा हाम फालेका थिए। उनको अवस्था अज्ञात छ। उनको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले के कारणले नदीमा हाम फाले भन्ने कुरा अहिलेसम्म खुलेको छैन।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्