६ फागुन- काठमाडौं, नेकपाका महासचिव ॠषि कट्टेल पक्राउ परेका छन्। प्रहरीले कट्टेललाई आज काठमाडौँबाट पक्राउ गरेको हो ।
७५ वर्षीय कट्टेल फागुन २१ गतेको निर्वाचन बिथोल्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

कट्टेलको पार्टीले आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ। प्रहरीले कट्टेलसँगै सो पार्टीका विष्णुप्रसाद तिमल्सिनालाई पनि पक्राउ गरेको छ ।
यसअघि प्रहरीले हिजो नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पनि पक्राउ गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्