५ माघ- जनकपुर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् ।
जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए ।

आफूमाथि निरन्तर मुद्दा लगाइँदै आएको उल्लेख गर्दै उनले ती मुद्दाबाट नडराउने स्पष्ट पारे । ‘प्रत्येक दिन मेरो टाउकोमा मुद्दा लगाइएका छन् तर मलाई प्रवाह छैन । जनताको मुद्दा बोकेर हिँडेको मान्छे यस्ता मुद्दाहरूमा लड्दै जित्दै जान्छ । हारे हारिन्छ, जिते जितिन्छ,’ उनले भने ।
लामिछानेले काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर बालेन शाहसँगको भेटबारे पनि धारणा राखे । उनले बालेनसँगको भेट पाँच मिनेटमै टुंगिएको भन्दै देश र जनतालाई केन्द्रमा राख्दा लामो वार्ताको आवश्यकता नपर्ने बताए ।
उनले आफू र बालेन शाह दुवै देशको हित र जनताको चाहनाअनुसार एक ठाउँमा आएको उल्लेख गर्दै नेपालले अब गरिबी र विभेद सहन नसक्ने अवस्था आएको बताए ।
प्रतिक्रिया दिनुहोस्