२१ पुष- काठमाडौं, नेपाली कांग्रेसले वैशाखमा महाधिवेशन गर्ने नयाँ कार्यतालिकासहित तल्ला निकायमा परिपत्र गरेको छ ।

विशेष महासिधवेशनेका प्रस्ताव निष्क्रिय भएको र नियमित महाधिवेशन वैशाखमा हुने कार्यतालिकासहित कांग्रेसले परिपत्र गरेको हो । कांग्रेसले गरेको परिपत्रमा फागुन २१ गतेको चुनाव सफल बनाई पार्टीका पक्षमा बहुमत ल्याउनका लागि हरेक क्षेत्रबाट क्रियाशीलता देखाउन अपिल गरेको छ ।
माघ ३ भित्र सदस्यता शुल्कसहित केन्द्रमा सदस्यता बुझाइसक्ने भनिएको परिपत्रमा विशेष महाधिवेशनका पक्षमा रहेको महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनको प्रस्ताव मंसिर १५मा स्वतः रद्ध भएको भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्