PUBG गेमका कारण आफ्ना बाबुआमाको कुटेर हत्या

भा्रतको उत्तर प्रदेशको झाँसीबाट यस्तो खबर आएको छ, जसलाई सुनेर तपाईको मन काँप्नेछ । यहाँ एक व्यक्तिले आफ्ना बाबुआमालाई कुटेर मारेका छन् । समाचारका अनुसार युवकले धेरै PUBG खेल्ने गर्थे, जसका कारण उसले मानसिक सन्तुलन गुमाएको थियो । यो कुरा थाहा पाएपछि प्रहरी तुरुन्तै घटनास्थल पुगेको थियो । यस क्रममा प्रहरीको आँखा अगाडि देखिएको दृश्य एकदमै अचम्मको थियो । प्रहरी घटनास्थल पुग्दा हत्याराको छोरा घरमै बसेको अवस्थामा फेला परेको थियो । यो घटना झाँसीको नवावाद थाना क्षेत्रको हो।

दुधवाला आरोपीको घरमा पुगेपछि यो हत्याको घटना बाहिर आएको हो । दूधवालाले घरभित्र हेरेपछि घरधनी र उनकी श्रीमती रगतले लतपतिएरभुइँमा लडिरहेको देखेपछि उनले प्रहरीलाई खबर गरे। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । मिडिया रिपोर्टका अनुसार छोराले हत्या गरेको स्वीकार गरेको छ । सोही क्रममा प्रहरीले दुवै शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । मृत्यु हुनेमा लक्ष्मी प्रसाद पेशाले सरकारी शिक्षक थिए र विमला रहेका छन् ।

आरोपी छोराको नाम अंकित हो, जसको उमेर २८ वर्ष रहेको बताइएको छ । समाचार अनुसार प्रहरी घरमा पुग्दा लक्ष्मीप्रसाद र विमला दुवै गम्भीर घाइते भए पनि अस्पताल लैजाँदै गर्दा लक्ष्मीप्रसादको बाटोमै मृत्यु भएको थियो भने विमलाको पनि उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले अभियुक्त अंकितलाई हिरासतमा राखेर सोधपुछ सुरु गरेको छ । आफ्नो प्रारम्भिक अनुसन्धानमा, यूपी पुलिसले थाहा पायो कि अंकितलाई गेमको लत थियो। जसका कारण उनको मानसिक सन्तुलन गुमायो र पछि उनको अवस्था झनै बिग्रियो र आफ्नै बुवा आमाको हत्या गर्न पुगे ।

प्रतिक्रिया दिनुहोस्