२ पुष- काठमाडौं, बुधबार आयोजित एक विशेष कार्यक्रम मार्फत पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेकोबताएका छन ।

पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले राजनीतिमा प्रवेश गर्दा सत्यको पक्ष रोजेको बताएका छन ।
‘राजनीतिमा पहिलो खुड्किलो राख्दै गर्दा म पाण्डवको, अर्थात् सत्यको पक्ष लिनुपर्छ भन्ने ठानेर रास्वपामा आएको हुँ ।’ उनले भने ।
उनले धर्म र पापका विषयमा पनि आफ्नो धारणा राख्दै सत्यको पक्षमा आउँदै गर्दा मैले मात्रै धर्म पूरा गरिरहेको छु भन्ने होइन । कौरवको पक्षमा लागेर पनि धर्म निर्वाह हुन सक्छ । किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ भनेका छन ।’
प्रतिक्रिया दिनुहोस्