जिपबाट खसेर गर्भवती महिला घाइते

बाजुरामा जिपबाट खसेर गर्भवती महिला घाइते भएकी छिन् ।  जिल्लाको बुढिगँगा नगरपालिका–७ झालीकी ३० वर्षीया टिका लुहार आज घाइते भएकी हुन् ।

फालासैनबाट मार्तडी आउनको लागि धनगढीबाट कोल्टी तर्फ आईरहेको ग१च ७६५४ नम्बरको जिपमा चढ्न खोज्दा एक्कासी लडी टाउको र ढाड मा चोटलागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  घाइते लुहारलाइ उपचारका लागि बयलपाटा अस्पताल अछाम पठाएको प्रहरीले बताएको छ। चालकलाई प्रहरी चौकी बार्जुगाड बाजुराले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्