२९ मंसिर- पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वर्ण सिंहले प्रेमराजलाई छुरी प्रहार हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्