ई–रिक्साको ब्याट्री चार्जर चोरीको विवादले लियो उग्र रुप

 

भारतमा ई–रिक्साको ब्याट्री चार्जर चोरीको विवादले उग्र रुप लियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो तर करिब २ घण्टापछि स्थिति फेरि बिग्रियो । त्यसपछि बिस्तारै जनताको भीड आक्रोशित हुँदै गयो र घटनास्थलमा धेरै ढुंगामुढा र बम विष्फोट भएको थियो ।

धनबाद जिल्लामा, ई -रिक्साको ब्याट्री चार्जर चोरीको विवादले हिंसात्मक रूप लियो। सो विषयमा दुई समूहबीच भीषण ढुंगा हानाहान भएको थियो । यति मात्र होइन भयानक बम विष्फोट पनि भयो । घटनास्थलमा जिल्ला सदरमुकामबाट थप प्रहरी परिचालन गरिएको छ । सम्पूर्ण क्षेत्रमा धारा १४४ लागू गरिएको छ। यस घटनामा प्रहरीले करिब ३४ जनालाई पक्राउ गरेको छ । घटनामा घाइते भएकालाई उपचारपछि सबैलाई कारागार पठाइएको छ ।

यो घटना कटास थाना क्षेत्रको छताबाद कैलुडीहको खतालको हो। टोटो गाडीको चार्जर अर्थात ई–रिक्सा चोरी भएपछि दुई समूहबीच झडप भएको छ ।त्यसपछि भीषण झगडा भयो । जसमा करिब एक दर्जन घाइते भएका छन् । यो लडाइमा एउटा समूह जनार्दन यादव, राजीव यादव र विजय यादव र अर्को समूह मोहम्मद शमीम अख्तर, मोहम्मद नौशाद अन्सारी, शाहनवाज अन्सारी, दिलशाद अन्सारी र मोहम्मद अफताबको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

तर करिब २ घण्टापछि स्थिति फेरि बिग्रियो ।सो घटनाको विरोधमा एक समूहले स्थानीय पार्षदका प्रतिनिधिको पुत्ला दहन गरेको छ

प्रतिक्रिया दिनुहोस्