ट्याक्टर दुर्घटनामा एकजनाको मृ’त्यु , ट्याक्टर चालक पक्राउ

३० कार्तिक- डडेल्धुरा, ट्याक्टर दुर्घटनामा एकजनाको मृ’त्यु भएको छ भने चारजना घाइते भएका छन्। घटना आलिताल गाउँपालिका–८ गोदाम बजार क्षेत्रमा गएराति ९ बजे भएको हो ।

गोदाम बजारबाट आलिताल-५ बाहिरीसैनतर्फ जाँदै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर अचानक सडकबाट करिब पाँच मिटर तल खस्दा आलीताल गाउँपालिका ५ बाहिरीसैनका २७ वर्षीय भरत रावतको ज्यान गएको हो। चेकजाँचपछि जोगबुढा अस्पतालमा पुर्याएका रावतलाई चिकित्सकले राति तीन बजे मृ’त घोषणा गरेका थिए।


दुर्घटनामा सवार सोही ठाउँका १९ वर्षिय पवन बि.क. र २५ वर्षिय तिलक चोखाल घाइते भई स्थानीय अस्पतालमा उपचाररत छन्। त्यस्तै घाइते २४ वर्षका सन्तोष रोकालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

प्रहरीका अनुसार ट्याक्टर चालक २७ वर्षिय योगेन्द्र घर्तीलाई नियन्त्रणमा लिई कानुनी कारवाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्