२७ कात्तिक – काठमाडौ, जेनजी प्रतिनिधि भनिएका सुदन गुरुङले भनेका छन जेनजीले राखेका माग पूरा नभइकनै निर्वाचन हुन नसक्ने उनले बताएका छन्।
लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउन पुगेका गुरुङले जेनजीका माग पूरा हुनुपर्ने बताएका छन। केही बाहेकका सबै जेनजीहरू एक ठाउँमा रहेको जिकिर गर्दै माग पूरा हुनुपर्ने उनले बताए। जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनको भनाइ रहेको छ।

जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्री अर्यालले दिएको पनि उनले बताए। सरकारले जेनजीका माग पूरा गर्नुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्