नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ पर्नबाट फेरि जोगियो

श्रावण ३- काठमाडैं, सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको नकारात्मक सूची ‘ग्रे लिस्ट’ मा पर्नबाट नेपाल फेरि जोगिएको छ ।

 

तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि सर्तसहित एक वर्षको समय थपिएको हो । असार अन्तिम साता क्यानडामा भएको एफएटीएफ २३औं वार्षिक साधारणसभाले नेपाललाई सुध्रिन समय दिएको हो । सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा न्यूनतम सुधारका काम हुन नसक्दा नेपाल नकारात्मक सूचीमा पर्ने जोखिम थियो । विशेषगरी नेपालका सहकारी, घरजग्गा र बिमा क्षेत्रका गतिविधिमा अन्तर्राष्ट्रिय निकायले चासो राख्दै आएको छ । एफएटीएफअन्तर्गतको एसिया प्रशान्त समूह एपीजीले नेपाललाई नकारात्मक सूचीमा राख्न गत माघमै प्रतिवेदनमार्फत सुझाव दिएको थियो । गत फागुनमा केही ऐन संशोधन गर्न बनेको विधेयक पारित गर्न सरकारले तदारुकता देखाए पनि पारित हुन सकेको छैन ।।

प्रतिक्रिया दिनुहोस्