सुन र चाँदीको मूल्य बढ्यो

२७ कार्तिक – काठमाडौं, आज बिहीवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ५ हजार  ९ सयले बढेको हो ।

हिजो बुधवार सुन तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बिहीवार चाँदी ३ हजार ३ सय ४५ रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बुधवारको तुलनामा १७० रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्