विमान दुर्घटनामा २० जनाको मृ’त्यु

२६ कार्तिक – टर्की,  जर्जियामा एक सैन्य कार्गो विमान दुर्घ’टना हुँदा विमानमा सवार २० जनाको मृ’त्यु भएको छ।

टर्कीको सी १३० सैन्य कार्गो विमान अजरबैजानबाट टर्कीतर्फ फर्कने क्रममा अजरबैजान सीमा नजिकै जर्जियाको सिघनाघी मा दुर्घ’टनाग्रस्त भएको हो। टर्कीको दुर्घटना अनुसन्धान टोली बुधबार बिहानै दुर्घ’टनास्थलमा पुगेको र धेरै ठूलो क्षेत्रमा फैलिएको विमानको भग्नावशेषको निरीक्षण उक्त टोलीले गरिरहेको जनाएको छ।

विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटपछि नै सम्पर्कविहीन भएको जानकारीमा आएको छ। अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र जर्जियाली विदेशमन्त्री माका बोटचोरिशभिलीले आफ्ना टर्कीका समकक्षीहरूप्रति समवेदना व्यक्त गरेका छन्।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्