अवैध भन्सार छलीका सामानसहित एक महिला पक्राउ

धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन्।

विहिबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन्। २४ हजार मुल्य बराबरका कुर्तीसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। मिठाई, पानीपुरी, नरीवल, पाउडर दुध गरी करिब २० हजार मुल्य बराबरका सामान बरामद गरिएको हो। प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा ती सामान फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस्