१५ असोज- हुम्ला, घाँस काट्ने गएको बेला भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। भीरबाट लडेर सर्केगाड गाउँपालिका–२ उनापानीकी २४ वर्षीया धिक्क फडेराको मृ’त्यु भएको हो।
उनी मंगलबार बेलुकी श्रीमान् अमृत फडेरासँगै गाउँ नजिकै धैनसैन भन्ने ठाउँमा घाँस काट्न गएकी थिइन्। श्रीमान् गोरु लगाउन केही टाढा गएका बेला उनी चिप्लिएर भीरबाट खसेकी हुन्। लडेर गम्भीर घाइते भएकी धिक्कलाई श्रीमान् अमृतले घटनास्थलबाट बोकेर घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्