जेनजीको प्रदर्शनमा टाउकोमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु

१३ असोज- काठमाडौं, जेनजीको प्रदर्शनमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

भदौको २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा घाइते भएका नुवाकोटका लक्ष्मण राईको सोमबार बिहान ट्रमा सेन्टर, वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उनको टाउकोमा गोली लागेको थियो। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। राईको अन्तिम संस्कार त्रिशूलीमा गरिनेछ। उनी काठमाडौंको बालाजुमा मजदुरी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्