सेल्फी लिन लागेका एक व्यक्तिको मृत्यु

१२ असोज -चीन, ग्रुप सेल्फी लिन लागेका एक व्यक्तिको मृत्यु भएको छ । घटना गत मंगलवार सिचुआन प्रान्तमा रहेको पर्वत माउन्ट नामामा भएको हो ।

ती व्यक्तिले पर्वतारोहण टोलीको नेतृत्व गरिरहेका थिए । हिउँमा टेकेर चढिरहेको बेलामा उनले सुरक्षाका लागि बाँधेको डोरी फुस्काएर आफूसहित टोलीको सेल्फी लिन खोजेका थिए । त्यसक्रममा उनी चिप्लेर तल उपत्यकामा पुगे र तत्कालै उनको मृत्यु भयो । ती पर्वतारोहीको शरीर बरामद भइनसकेको अधिकारीहरूले बताएका छन् ।

घटनाको भिडियो सार्वजनिक भएपछि सबैजना स्तब्ध भएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्