१० असोज- पर्सा, एक किशोरमाथि गोली प्रहार भएको ट । यो घटना छिहपरमाई गाउँपालिका-५ भिस्वामा बिहीबार बेलुकी भएको हो। यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना किशोरलाई नियन्त्रणमा लिएको छ ।
भिस्वामा गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहको गोली प्रहारबाट भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका थिए । तिघ्रामाथि गोली लागेका उनको हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार भई रहेको छ । गोलु आलमलाई गोली हान्ने घटनामा संलग्न रहेको आशंकामा स्थानीय तीनजना किशोरलाई बिहीबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन ।
गोलसलाई कस्ले र किन गोली हानेको भन्ने यकिन कारण भने अहिलेसम्म पनि खुल्न सकेको छैन । उता अस्पतालमा उपचाररत गोलुले भने बिहीबार साँझ गाउँपालिका कार्यालय पछाडिको सडक हुँदै आफू घरतर्फ जाँदै गरेका बेला केहि संख्यामा रहेका युवकबिच विवाद भइरहेका बेला चलेको गोली आफूलाई लाग्न पुगेको बताएका थिए । झलमहियाका किशारी र युवतीहरू भिस्वा बजारबाट घरतर्फ जाने क्रममा बाटोमा भिस्वाका किशोर र युवाहरूले जिस्क्याउने,छेडखानी गर्ने हर्कत गर्दै आएका थिए। त्यसै विषयलाई लिएर भिस्वा र झलमहियाका स्थानीय केहि व्याक्तिहरूबीच बिहीबार बेलुकी विवाद भइरहेका बेला गोली चलेको स्थानीय प्रत्यक्षदर्शीहरू बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्