बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

श्रावन २१- सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यस्तो समस्या भयावह बन्दै गएको सरोकारवालाको चिन्ता छ। शनिवार मात्र मोटरसाइकलको ऐनाभित्र लागुऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

 

शनिवार एकैदिन कैलालीको धनगढी र अत्तरियाबाट मात्र लागुऔषधसहित चार जना युवालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–५ का २९ वर्षीय दिपक राना पक्राउ परेका हुन्।

एक ग्राम ३ सय ३० मिलिग्राम लागुऔषधसहित उनी शनिबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लागुऔषध लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्