७ असोज- बाँके, मंगलबार दिउँसो ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका-२ गौघाट बस्ने ४८ वर्षीय सोबिन्द्र सिंह ठकुरीको मृत्यु भएको छ । खजुरा गाउँपालिका-२ ए गाउँस्थित सडकमा भे.२ त १४०० नम्बरको ट्याक्टरले भे.१३ प ४४०९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेज अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्