७ असोज- विराटनगर, घरायसी विवादका क्रममा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन्। विराटनगर ९ का २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि सोमबार एसिड प्रहार गरेका थिए।
मोरङ प्रहरीका अनुसार रागिनीदेवीको स्वास्थ्य अवस्था सामान्य छ। एसिड प्रहार गर्ने श्रवण चाहिँ फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्