६ असोज-पोखरा, तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल ९पाल्म आयल० ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जका ३५ वर्षीय कविराज गौतम, सोही स्थानका ४९ वर्षका शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षका बुद्धिबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले सीजी आयल एण्ड डेरिभेटिभ्स प्रालिबाट खरिद गरेर ल्याउनुपर्ने तेलको सट्टा पानी भरेर ल्याउने गरेको पाइएको छ ।
उनिहरुले ना ५ ख ७७०८ नम्बरको ट्रकबाट तेल चोरी गरी बिचमै बिक्री गरेका थिए । तेल चोरी गरेपछि तौल मिलाउनका लागि जर्किनमा पानी भरेर राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
-गोरखापत्र
प्रतिक्रिया दिनुहोस्