कञ्चनपुरमा एक वडाअध्यक्ष कुटिए

श्रावन २८-धनगढी, कञ्चनपुरमा एक वडाअध्यक्ष कुटिएका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष रविन्द्र देवकोटा युवाबाट कुटिएका हुन्।

नेकपा एमाले निकट युवा संघ नेपालको १०औं जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा शनिवार दिउँसो कुटिएका देवकोटा कुटिएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालले उपचार सम्भवन नभएको र अवस्था गम्भीर भन्दै रेफर गरेको छ।

शुक्रवारबाट सुरु अधिवेशनमा शनिवार नयाँ नेतृत्व निर्वाचन गर्ने कार्यतालिका रहेको थियो। निर्वाचन समितिमा सदस्य रहेका देबकोटालाई सूचना टाँस गर्दा १ दर्जनभन्दा बढी युवाले आक्रमण गरेका हुन्। कञ्चनपुर प्रहरीले आइतवार उजुरी लिने बताएइको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्