फरार कैदीले गरे घर पुगेर श्रीमतीको हत्या

५ असोज- काभ्रेपलाञ्चोक, एक जना कैदीले आइतबार घर पुगेर आफ्नो पत्नीको हत्या गरेका छन् । उनि गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका थिए ।

काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन । सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए ।

 

घटनास्थलमा प्रहरी पुगेकाले थप अनुसन्धान भई रहेको छ।

प्रतिक्रिया दिनुहोस्