१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउ

बारा, विभिन्न मिति र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्