बलात्कृत युवतीको उपचारको क्रममा मृत्यु

१ असोज – धादिङ, बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

 

दिदीको घरमा जाँदा २९ वर्षीया महिलामाथि बलात्कार भएको थियो । उनि भदौ २५ मा निलकण्ठ नगरपालिका वडा नम्बर–११ मा दिदीको घर जाँदै गर्दा बलात्कृत भएकी थिइन । बलात्कारमा परेकि उनको स्वास्थ्य समस्या भएपछि परिवारले जिल्ला अस्पताल धादिङमा भर्ना गरेर उपचार गराउँदै थिए । शरीरमा रगतको मात्रा कम भएर बुधवार पीडितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बलात्कारमा संलग्न आरोपी फरार रहेको छ । आरोपीको पहिचान खुलेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । परिवारका सदस्यहरूले बलात्कारमा अनुसन्धान गर्न जाहेरी दिएका छन् । त्यस्तै, पीडित युवतीका आफन्तहरूले अस्पतालको लार्पवाहीका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्