सेनाद्धारा देशभर निषेधाज्ञा र कर्फ्यू जारी

२५ भदौ – काठमाडौं, नेपाली सेनाले विज्ञप्ति जारी गदै देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरेको छ।

बुधबार जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सम्म देशभर निरन्तर रहने जानकारी दिएको हो। यस्तै सेनाले बिहिबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ। सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैसँग अपिल समेत गरेको छ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना हुँदा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको सेनाले जनाएको छ।

 

 

541778094_4298674110541784616_1307649137

प्रतिक्रिया दिनुहोस्