जेनजीको प्रदर्शनमा शेरबहादुर देउवा र पत्नी आरजु राणालाई पक्राउ

२४ भदौ- काठमाडौं, काठमाडौंलगायत जेनजी समूहले प्रदर्शन थालेको दोस्रो दिनमै देशलाई नियन्त्रणमा लिएका छन् । अधिकांश सरकारी निकायमा उनीहरू पुगेका छन् । नेताका घरमा आगजनी गरेका छन् ।

 

 

सरकारले निषेधाज्ञा जारी गरे पनि जेनजी समूहले बिना रोकटोकजस्तै जसको चाह्यो, त्यसकै घरमा आगजनी गरे । पहिलो दिनको प्रदर्शनमा सरकारले चरम दमन गरेपछि दोस्रो दिनको प्रदर्शन उग्र बनेको थियो ।

 

जेनजीको दोस्रो दिनको प्रदर्शनले नै केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । जेनजीले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणालाई समातेका छन् । उनीहरू समातिँदा रगतपच्छे भएका छन् ।

प्रतिक्रिया दिनुहोस्