२२ भदौ कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन पूर्जाले संचालन गरेको होटल म्याग्दीमा जुवातास खेलिरहेको अवस्थामा धिरेन समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ७ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्