२२ भदौ- बारा, बाघको आक्रमणबाट आइतबार एक जना वृद्धको मृत्यु भएको छ ।
च्याउ टिप्न आज बिहान जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको हो । लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा बाघको आक्रमणबाट लामाको मृत्यु भएको घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेको थिए । लामाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्