मोटरसाइकलसहित श्रीमान बगाँदा बेपत्ता, श्रीमती भने घाइते

२२ भदौ- सुनसरी, मोटरसाइकलसहित दुई जनालाई खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक घाइते भएका छन्। घटना बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलामा भएको हो ।

 

काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका–१ दूधपानी खोला तर्दै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिएको छ।

सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी बेपत्ता भएका छन् । मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छिन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 

घटनापछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले मनिषको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्