२० भदौ -कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २९ वर्षीय संजित राना र २८ वर्षीय सोभत राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित डडेल्धुरा अम्मरगढी नगरपालिका-७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-६ बस्ने २८ वर्षीय प्रकाश विश्वकर्मा र बुद्धशान्ति गाउँपालिका-४ बस्ने २५ वर्षीय अशोक विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, कमल गाउँपालिका-५ पाडाजुगी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १७ मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने मोरङ विराटनगर महानगरपालिका-८ घर भएका ३१ वर्षीय भोला अमात राय, भारत बिहार प्रान्त ठाकुरगंज-५ घर भएका २० वर्षीय आलम खान र दमक नगरपालिका-७ सुकुम्बासी टोल बस्ने २८ वर्षीय राजिव मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
डडेलधुरा, अमरगढी नगरपालिका-३ आईत बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी सुर्नया गाउँपालिका-८ बस्ने २७ वर्षीय दिनेश बोहरा र बझाङ वित्थडचिर गाउँपालिका-३ बस्ने ३१ वर्षीय गणेश बहादुर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ६३४२ र सु.प.प्र.०१-००९ प ७६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही नगरपालिका-८ खरकट्टा बस्ने २९ वर्षीय सुजन थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४३७८ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्