जिपको ठक्करबाट गम्भिर घाइते भएकी सिताको मृत्यु पछि अवरोध बाटो खुल्ला

जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरापलिका– ९ बेलुवा निवासी ३७ वर्षकी सिता लम्सालको थप उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमै ज्यान गएको थियो ।

पिडित परिवारले बिहान साढे आठ बजेदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागमण अवरुद्ध गरेका थिए । सडक सुचारु र क्षेतिपूर्तिका विषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा पिडित पक्ष, यातायात व्यवसायी र प्रहरी बिच छलफल भएको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले जानकारी दिनुभयो ।

सडक करिब पौने २ घण्टा बन्द भएको थियो । बिहिबार अध्यापनका लागि शान्तिनगर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय तुलसीपुरमा जाँदै गरेकी शिक्षीका सवार रा७प ४२३७ नम्बरको स्कुटीलाई दंगीशरण–५ कुमालगडीमा रा१ज ९२३ नम्बरको जिपले बिहान पौने १० बजे ठक्कर दिएको थियो ।

उचित क्षेतिपूर्तिको माग गर्दै बिहान बन्द भएको दाङको तुलसीपुर– हापुरे सडक खण्ड सुचारु भएको छ । पिडित परिवारलाई किरिया खर्च वापत ५० हजार रुपैयाँ दिने, बिमा बापतको ५ लाख रकम ४५ दिनभित्र उपलब्ध गराउने र क्षेतिग्रस्त स्कुटी मर्मत गर्ने सहमतिमा अवरुद्ध सडक सुचारु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्