१९ भदौ- भैरहवा, लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनिहरुलाई रुपन्देहीमा पक्राउ गरिएको हो ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेका छन।
पक्राउ परेका अन्सारीको साथबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर, यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर, प्रवेजको साथबाट डाइजेपाम ९८ एम्पुल, ब्रुप्रेनोरफिन ९६ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड ९९ एम्पुल, स्पास्मो २६० थान र १० लाख २० हजार रुपैयाँ बरामद भएको छ। साथै, उनीहरूले प्रयोग गरेका तीन थान मोबाइल, दुई वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्