१९ भदौ- पाल्पा, वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शव सिद्धार्थ राजमार्ग छेउमा फेला परेको हो ।
रम्भा–३, सीतापहाडस्थित खोल्सामा अन्दाजी ३५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
महिलाको निधारमा चोट लागेको देखिन्छ । ती महिलाको कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। महिलाको हत्या भएको हो कि दुर्घटनामा परेकी हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिला तराई मूलको जस्तो देखिने प्रहरीले उल्लेख गरेको छ । महिलाको शव हाल तानसेनस्थित मिसन अस्पतालमा राखिएको छ । शवको आफन्त खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्