जेसिबी दुर्घटनामा चालकको ज्यान गयो

१८ भदौ- बझाङ, अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना भएको छ। घटना सुर्मा गाउँपालिकामा भउको हो ।

सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटनामा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा मंगलवार साँझ ८ः०० बजे जेसिबी पल्टिँदा जेसिबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएका छन।

प्रतिक्रिया दिनुहोस्