श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

१७ भदौ – अर्घाखाँची, आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्