पुष ११- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर उक्त मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
यसअघि गत २४ मंसिरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।
सन्दीपविरुद्धको मुद्दामा हाल जन्ममिति नै मुख्य विवादको विषय रहेको छ । वारदात भएको समयमा जाहेरवालीको उमेर १८ वर्ष पुगेको हो कि १८ वर्षभन्दा कम हो भन्ने विषयमा विवाद रहेको हो ।
प्रतिक्रिया दिनुहोस्