मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

१७ भदौ- कञ्चनपुर, मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।


बेदकोट नगरपालिका ९ कोल्डस्टोर नजिक बजारबाट घर जाने क्रममा चालक शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खस्दा उनी घाईते भएका थिए।

 

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा सोही दिननै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्